दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौँ, २७ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गरेका छन् ।

मंगलबार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् । कास्की, अछामलगायत देशका विभिन्न भागहरूमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको उनले बताएका छन् ।

बुधबार एक सन्देश जारी गर्दै उनले भनेका छन्, “यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्यादउन आग्रह गर्दछु । सम्पूर्ण दिवंगत नागरिकहरूमा श्रद्धाञ्जली अर्पण गर्दै चाडपर्वका दिनमा परिवार तथा आफन्तजनमा परेको यसप्रकारको विपद्प्रति दुःख व्यक्त गर्दछु ।”

दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।