प्रधानमन्त्री देउवा र बरिष्ठ नेता पौडेलबीच चर्काचर्की

काठमाडौँ, २० असोज । कांग्रेसको क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ ।

बुधबार बालुवाटारमा देउवा र पौडेलबीच चर्काचर्की भएको हो । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले रौतहट र सर्लाहीको क्रियाशील सदस्यता विवादमा टुङ्गोमा पुर्यााउनुपर्ने भन्दै देउवालाई आग्रह गरेका थिए । उनीहरूले दसैँको पनि कार्यकर्ताले अनशन गरिरहेको भन्दै विवाद छिटो समाधान गर्नुपर्ने बताएका थिए । सिंहले ‘राजनीतिक मुद्दा अस्पताल भर्ना गरेर समाधान हुन्छ’ भन्दै देउवालाई प्रश्न गरेका थिए ।

‘सर्लाही र रौतहट दुवै ठाँउमा कार्यकर्ता अनशनमा छन् । चिसो छिडीमा बसेर उनीहरू बिरामी पर्न सक्छन् । विवाद सकेर अनशन टुङ्गो लगाएर उनीहरूलाई दसैँ मान्न दिनुपर्छ’, पौडेल पक्षको भनाइलाई उद्धृत गर्दै एक नेताले भने, ‘जवाफमा सभापतिज्यूले चिसो छिडीमा बसेर बिरामी परे अब अस्पताल लैजानुस् भन्नुभयो । त्यसपछि पौडेल, सिंह र कोइरालाले प्रतिवाद गर्नुभयो । उहाँहरूले सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने हो रु भन्दै प्रश्न गर्नुभयो ।’

ती नेताकाअनुसार नेताहरू प्रतिवादमा उत्रिएपछि देउवाले ‘झगडा गरेर चाहिँ समाधान हुन्छ त’ भन्दै जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :