वीरगञ्ज, २० असोज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान बारीमा जडान गरिएको पानी तान्ने मोटरमा लगाईएको तारबाट करेन्ट लागेर बारा महागढीमाई नगरपालिका -८ ब्रम्हपुरी बस्ने अन्दाजी ४५-५० बर्षीय रामेश्वर महतोको मृत्यु भएको हो ।
करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।