काठमाडौँ, २० असोज । थप १ हजार ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९९ हजार ६ सय १५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ८ सय ९१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७२ हजार २ सय २९ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ९२ जना पुगेको छ ।