अध्यक्ष प्रचण्डलाई फेरी लाग्यो झट्का

दोलखा, २० असोज । नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुई जना वडाध्यक्षसहितका जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेरी झट्का लागेको छ ।

बुधवार चरिकोटमा आयोजित एमालेको जिल्ला भेलामा जिरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमासाङ्गे शेर्पा र विगु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरन्यवहादुर गुरुङ एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै कालिन्चोक गाउँपालिका वडा नम्बर २ का वडा सदस्य विकास थापा र रमण थामी पनि एमाले प्रवेश गरेको एमाले नेता राजेन्द्र मानन्धरले बताए । नव प्रवेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल,वागमती प्रदेश अध्यक्ष आनन्द पोखरल,जिल्ला इन्चार्ज पार्वत गुरुङ लगायतले स्वागत गरेका थिए ।

नेकपा एमाले नै नेकपा एकताको निरन्तरता भएको भन्दै माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरु मूलधारमा समाहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ माघ । आज सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले घटेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र

काठमाडौँ, २३ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २२ सय

नवलपरासी, २३ माघ । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला

काठमाडौँ, २३ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गाजर(लोकल) (के.जी.)