काठमाडौँ, २० असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले नेपालको राष्ट्रिय जनगणनामा कालापानी र लिपुलेक वरिपरिको क्षेत्र समेट्न माग गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी युनियनले चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लाको सबै क्षेत्रमा जनगणना सुपरिवेक्षक नपठाइएको भन्दै आपत्ति जनाएको छ ।
