अदालतमा दशैं विदा

काठमाडौँ, २० असोज । बिहीबारदेखि देशभरका अदालतमा दशैं विदा शुरु हुँदैछ । असोज २१ देखि कात्तिक ३ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

अदालतमा १५ दिन विदा हुने छ तर दशैं विदाको अवधिमा पनि बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाइ हुनेछ । घटस्थापना, शनिबार र विजया दशमीको दिनबाहेकका अरु दिनमा बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्न विहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने उपरजिस्ट्रार ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । सरकारी कर्मचारीले बैठकभत्ता, प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे वापतको भत्ता, जोखिम भत्ता र विशेष भत्ता लगायका

काठमाडौँ, २४ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । प्याज

काठमाडौँ, २४ माघ । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, २३ माघ । आज सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले घटेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र