प्रहरीको क्षमता वृद्धि गर्न सरकार कटिबद्ध हुनेछ : गृहमन्त्री खाण

काठमाडौँ, २० असोज । गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको क्षमता वृद्धि गर्न सरकार कटिबद्ध हुने बताएका छन् ।

६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै खाणले नयाँ चुनौतीको सामान गरेर अपराध नियन्त्रण र अनुसन्धानलाई आधुनिकीकरण गनुपर्ने बताए ।

उनले भने, ‘प्रहरीलाई सवल बनाउन प्रधानमन्त्रीले शेरबहादुर देउवाको सकारात्मक र अभिभावकीय भूमिकाको सराहना गर्न चाहन्छु ।’ आगामी दिनमा सरकार अझै प्रहरी मैत्री हुने दावी गर्दै खाणले भने– ‘प्रहरीको क्षमता वृद्धि गर्न सरकार कटिबद्ध हुनेछ ।’

सरकारको निर्णय र अभिव्यक्तिको विरोध गर्दा पोष्टमा उभिएको बर्दिधारी पहिलो शिकार हुने गरेको बताउदै उनले भने, ‘हाम्रो निर्णय र अभिव्यक्तिका कारण सरकारको विरोध गर्नुपरे पोष्टमा उभिएको बर्दिधारी प्रहरी आक्रोशको पहिलो शिकार हुने गरेको छ ।’

सरकार बिरुद्धको आक्रोशका कारण आक्रमणको शिकार व्यहोर्ने प्रहरीको रक्षा र उनीहरुको परिवारको जीवन यापन कसरी सहज बनाउने भनेर सरकार संवेदनशील रहेको खाणको भनाइ छ । ‘जनताको जीवन रक्षा राज्यको पहिलो दायित्व हो’ गृहमन्त्री खाणले भने–‘त्यहि दायित्व पुरा गर्न प्रहरीले वीरगति प्राप्त गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ