११ लाख भारतीय नोटसहित अग्रवाल नियन्त्रणमा

मङ्गलबारे, २० असोज । भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ)सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ ।

विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाखसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अग्रवाललाई प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको र थप अनुसन्धानका लागि इटहरी लगिएको छ । भारतीय रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरेको बुझिएको छ ।

मे१च ६४२४ नंको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको हो । अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीले गरेको छ । सटही काउन्टरसमेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएको बुझिएको छ ।

स्रोत नखुलेको पैसासहित पक्राउ गरिएपछि थप अनुसन्धान गरिने भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताउनुभयो । भारतसँग सीमा जोडिएको पशुपतिनगर नजिकै रहेकाले पनि यस क्षेत्रमा सामान्य भारुको कारोबार भने हुने गरेको छ ।

तर, स्रोत नखुलेले १० लाखभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)