सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा टुंगो लाग्यो

काठमाडौँ, १९ असोज । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगो लागेको छ ।

गठबन्धनका शीर्ष नेताको आज बसेको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । शीर्ष नेताहरूबीचको सहमति अनुसार नेकपा (एकीकृत समाजवादी) र जसपाले बराबरी चाररचार मन्त्रालय लिनेछन् । यस्तै, माओवादी केन्द्रले पाँच मन्त्रालय लिने समझदारी भएको छ ।

सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले ६ मन्त्रालय मात्र लिनेछ । दुई मन्त्रालय महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा ल्याउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नै राखेका छन् । प्रधानमन्त्रीले आफूसँग राखेका मन्त्रालयका विषयमा खुलाइएको छैन ।

गठबन्धनका नेताहरूको आजै साँझ बस्ने बैठकमा दलहरूका तर्फबाट शीर्ष नेताले नाम दिनेछन् । त्यसपछि प्रधानमन्त्रीले आजै वा भोलि बिहान मन्त्रीहरूको शपथग्रहणको तयारी गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)