अनुवांशिक अध्ययन गर्दा डेल्टा भाइरस

काठमाडौँ, १२ असोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।

प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमुनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन् । प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा झाले अब नेपालमैै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021