संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागे : अध्यक्ष ओली

काठमाडौँ, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्यम चुप लागेर बसेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई सञ्चार माध्यमले आफ्नो सरकारलाई जति खबरदारी नगरेको बताए । ‘संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखियो’ उनले भने । उनले आफ्नो सरकारलाई सञ्चार माध्यमले खबरदारी गरेर धेरै सहयोग गरेको भन्दै ओलीले त्यसका लागि सम्पादकहरुलाई धन्यवाद दिए । ‘सरकारलाई खबरदारी गरेर भने लापरवाहजस्तो हुँदो रहेछ, जस्तो अहिलेको सरकार’ उनले भने, ‘अहिलेको सरकारलाई खबरदारी पुगेन कि जस्तो लाग्छ, संविधान कानुनको मतलब छैन ।’

ओलीले सञ्चार माध्यमसँग आफ्नो उद्देश्य मिल्ने भन्दै कहिँ समस्या भए समाधान गर्नुपर्ने बताए । ‘प्रेस र मेरो उद्देश्य समान छ- लोकतन्त्र सुदृढीकरण । कहिँ खटपट छ भने अब त्यो सकिनुपर्छ’ उनले भने ।

ओलीले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताए । ‘अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित छौं’ उनले भने ।

सरकारले २ भदौमा संसदीय दल वा पार्टीको केन्द्री समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।
उक्त अध्यादेश अनुसार नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो भने जनता समाजवादी दल विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । उक्त अध्यादेश सरकारले सोमबार भने खारेज गरेको छ ।‘पछिल्लो पल्ट त त्यही उद्देश्य

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै