ट्रकले ठक्कर दिंदा आमा-छोराको मृत्यु

बुटवल, १२ असोज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका सैनामैना-५ की ४२ वर्षीया राधा भट्टराई आमा र २२ वर्षीया महेश भट्टराई छोराको मृत्यु भएको हो ।

उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्