दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले दलहरूबीच अध्यादेश फिर्ता लिने सहमति भएको जानकारी गराउनुभयो । त्यस्तै, बैठकमा प्रचण्डले सरकार विस्तार पनि छिट्टै हुने बताएका बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेश फिर्ता लिने प्रक्रिया सुरू हुन्छ भनेर अध्यक्षले भन्नुभएको छ । प्रक्रिया मिलाएर सरकारले फिर्ता लिन्छ होला । मन्त्रालय भागबण्डाको विषयमा अहिलेसम्म प्रवेश नै भएको छैन । अब यस विषयको समेत टुंगो लाग्छ ।’

आइतबार बसेको सत्ता गठबन्धन बैठकमा अध्यादेश फिर्ता लिने सहमति समेत भएको थियो । स्थायी कमिटीको बैठकमा प्रचण्डले नेकपा (एकीकृत समाजावादी) र जनता समाजवादी पार्टीले धेरै मन्त्रालय मागेको समेत ब्रिफिङ गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021