एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

काठमाडौँ, ११ असोज । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो। 

बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो। भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएको थियो।  

२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन सरकारले निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो। सरकारले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दल निकट चारवटा कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा भोगाधिकारका लागि उपलब्ध गराउने निर्णय गरेको थियो। 

सोअनुसार अन्य तीन कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा दिइएको थियो भने निजामती कर्मचारी संगठनलाई १४ आना जग्गा उपलब्ध गराएको थियो। सरकारले उपलब्ध गराएको जग्गामा २०६७ सालमै तत्कालीन प्रधानमन्त्री खनालले भवन निर्माणका लागि शिलान्यास गरेका थिए।  भवनको निर्माण काम पूरा भएपछि २०७३ कात्तिकमा माधव नेपाललको भवनको उद्घाटन गरेका थिए। संगठन विभाजित भएपछि संगठनको कार्यालयलाई दुवै पक्षले आफ्नो भएको दाबी गर्दै अर्को पक्षले गुण्डागर्दी शैलीमा भवन कब्जा गर्न खोजेको आरोप लगाएका छन्। 

भवनमा ताला लगाएपछि एमाले निकट कर्मचारीहरूले आइतबार प्रधानमन्त्री तथा मुख्यसचिवलाई ज्ञापन पत्र बुझाई भवनमा लगाइएको ताला खुलाउन माग गरेका छन्। कर्मचारी संगठनका ७७ वटै जिल्ला समितिहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाई तत्काल भवनमा लगाइएको ताला तत्काल खुलाउन माग गरेका छन्। यसैगरी केन्द्रीय नेताहरूले आइतबार मुख्यसचिवलाई ज्ञापन पत्र बुझाई कार्यालय भवनमा लगाइएको ताला खुलाउन आग्रह गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021