एकीकृत समाजवादी पार्टीले बनायो १८ सदस्यीय पदाधिकारी टिम

काठमाडौँ, ७ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको हो ।

सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल उपमहासचिव भएका छन् । यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिएका छन् ।

सचिवालयले उपाध्यक्षमा चार जनाको नाम प्रस्ताव गरेको थियो, जसमा राजेन्द्र, प्रमेश, धर्मनाथ र जयन्ती मात्र थिए । अहिले उपाध्यक्ष बनाइएका केशवलाललाई सचिवमा राखिएको थियो भने राजेन्द्र राई पदाधिकारीमा थिएनन् । तर राईलाई छुटाएकोमा असन्तुष्टि देखिएपछि केशवलाललाई उपाध्यक्षमा लगियो र उनलाई सचिव बनाउने सहमति भयो । त्यसमा पनि असन्तुष्टि सम्बोधन नगरेपछि घनेन्द्र र मुकुन्द न्यौपानेलाई पनि उपाध्यक्ष बनाउने प्रस्ताव आयो । तर मुकुन्द उपाध्यक्ष बस्न चाहेनन् । त्यसपछि केदार न्यौपानेलाई उपाध्यक्ष बनाइएको छ ।

अध्यक्ष नेपालपछि वरिष्ठ नेता झलनाथ खनाल र त्यसपछि न्यौपानेलाई राखिएको छ । बैठकले ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । प्रदेश तथा जिल्ला इन्चार्ज तोक्कोनुका साथै केन्द्र बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021