अध्यक्ष ओलीको मुद्दामा सुनुवाइका लागि तोकियो पेसी

काठमाडौँ, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ ।

एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021