पूर्वविद्यार्थी समूह र लायन्स क्लव अफ अव्वल भ्यालीको सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर, ४ असोज । भक्तपुर जिल्लाको पुरानोमध्येको विद्यालय सरस्वती विद्यागृह माविको पूर्वविद्यार्थी समूह-२०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीको आयोजनामा सोहि विद्यालयको प्राङ्गणमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुर नगरको पुरानो विद्यालय सरस्वती बिद्यागृह माध्यमिक विद्यालयमा २०४२ सालमा एसएलसि दिने गरि अध्ययन गरेका विद्यार्थीहरूको सकृयतामा गठित पूर्वविद्यार्थीहरूको यो समुहले हरेक वर्षजस्तै संविधान दिवस, बडादशैं, शुभदिपावली, छठ लगायतका पर्वहरूसमेतको अवसर पारेर गर्ने गरेको रक्तदान कार्यक्रममा यसपटक लायन्स तथा लियो क्लव अफ अव्वल भ्यालीसमेतको आयोजनामा सम्पन्न भएको कुरा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काले हामीलाई बताउनुभएको हो ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ अन्तर्गतको लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट तथा सरस्वती बिद्यागृह पूर्व बिद्यार्थी समुहका संयोजक खड्काका अनुसार नोवल कोरोना भाइरस (कोविड-१९) को विश्वव्यापी महामारीको कारण सम्पूर्ण देश नै लकडाउन जस्तै रहेको यो विषम परिस्थितिमा बिरामीहरूको लागि अति आवश्यक तत्वको रूपमा रहेको रगतको अभाव परिपूर्ति गर्न नेपाल रेडक्रसबाट भएको आव्हानसमेतलाई मध्येनजर गरि भक्तपुर नगरपालिका वडा नं. ९ स्थित सरस्वती विद्यागृह माविको प्राङ्गणमा आवश्यक स्वास्थ्य सुरक्षा सतर्कताको पूर्णरूपमा पालन गर्दै बिना तडकभडक र हुलमुल नगरी पूर्वविद्यार्थी समुहका सदस्य, स्थानीय सहभागी तथा लायन्स क्लवका स्वयंसेवकसमेत गरि २७ पिन्ट रगत संकलन गरिएको थियो ।

‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने लायन्स अभियानको मुल मन्त्रलाई आत्मसात गर्दै आकस्मिक रूपमा गरिएको उक्त रक्तदान कार्यक्रममा सहभागी भै आफ्नो अमुल्य रगत दान गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो खालको सहयोग प्राप्त गर्ने अभिलाषा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021