शिशु हत्याको आरोपमा पक्राउ परेकी महिला कारागार चलान

बैतडी, ३१ भदौ । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ परेकी एक महिला कारागार चलान भएकी छन् ।

बैतडी जिल्ला अदालतले डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

भदौ ६ गते आफैंले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको अभियोग कार्कीमाथि लागेको थियो । घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अदालतमा पेश गरेको थियो । कार्कीका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । कार्कीको गाउँकै एक किशोरसँग प्रेम सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ । कार्की स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021