जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ: नेता रायमाझी

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय त्यसै खेर फालेको आरोप लगाएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले एमालेको माग पूरा नभएसम्म संसद चल्न नसक्ने पनि स्पष्ट पारेका छन् ।
उनले भने,‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ ।’

उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे । उनले भने, ‘उहाँलाई त नैतिकताको आधारमा एक सेकेण्ड पनि पदमा बस्ने अधिकार छैन् । हामी त्यस्तो भएर बस्दैनौँ ? सभामुख, सांसद, मन्त्री, प्रधानमन्त्री भएरमात्रै सबै चिज हुन्छ ? विचार र राजनीति नै ठूलो कुरा हो । सांसद र मन्त्री हुने र नहुने त भैरहन्छ नि । हाम्रो हकमा एक दिनपनि नपर्खिकन कारबाहीको सूचना टाँस्ने काम गर्नुभयो, तर एमालेले १४ जना सांसदलाई कारबाही गर्दा अन्टसन्ट गर्ने ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२