एमाले विभाजनविरुद्ध एकजुट बनौं, विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस्: मुख्यमन्त्री शाक्य

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले विभाजनविरुद्ध एकजुट बन्न आग्रह गरेकी छन् ।

काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशको राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंले एमालेमात्र नभएर एमालेबाहिरकालाई पनि एमाले झन् बलियो छ भनेर सन्देश दिइएको बताइन् ।

अदालतले फैसला गरेपछि आफूहरू एमाले हुन नपाउँदा जिन्दगीमा सबैभन्दा पीडा भएको सुनाउँदै १० बुँदे सहमतिले आफूहरू एमाले हुन पाउँदा सबभन्दा खुसी भएको शाक्यले बताइन् ।

शाक्यले भनिन्, ‘कमरेडहरू, हामी लामो समय बाहिर बस्नुपर्‍यो, एमाले हुन पाइएन, मेरो जिन्दगीमा सबैभन्दा पीडाको दिन थियो त्यो । कति रातभर सुत्न सकिन । अब हामी एमाले विभाजनविरुद्ध एकजुट बनौं । विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस् ।’

शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरसस् पालना गर्दै सबै कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै नेतृत्वले ठूलो छाती बनाउनुपर्ने बताइन् । एमाले बलियो हुनुपर्छ भनिरहँदा नेतृत्वबीच पनि एकता हुनुपर्ने भन्द शाक्यले ओलीलाई फराकिलो छातीका साथ नेतृत्व गर्न आग्रह गरिन् ।

शाक्यले माधव नेपाललाई एमालेमै फर्किन आग्रह समेत गरेकी छन् । उनले भनिन्, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन, किनभने यतिबेला फुटेको होइन जुटको राजनीति चाहिएको छ । सुदृढ एमालेको आवश्यकता छ । तपाईंले पनि बनाएको पार्टीमा फर्केर आउनुस्, सुदृढ एमाले बनाउन तपाईंका भूमिका आवश्यक छ । त्यो पंक्तिलाई अल्मल्याएर नराख्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका

काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान

काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई

काठमाडौँ, ६ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालले महिला र युवतीहरूको अधिकार र मुद्दालाई सधैँ