सवारी दुर्घटनामा परी गम्भीर घाइतेको विमानमार्फत उद्धार

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् ।

घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।

राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से१ज ६३४ नम्बरको जिप र भे७प ४३४५ मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका थिए ।

मोटरसाइकल चालक उद्धवसहित उनीसँगै सवार पाटन-६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका

काठमाडौँ, ६ चैत । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका

काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान