विश्वास नेपाल सम्मानित

काठमाडौँ, ३१ भदौ । मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा विश्वास नेपाललाई सम्मान गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले अध्यक्ष तारा भण्डारीलाई सम्मानपत्र प्रदान गर्नुभएको हो । मानव बिचविखन विरूद्धको दिवसमा गत वर्ष घोषणा गरिएको सम्मानपत्र कोरोनाको कारण प्रदान गर्न सकिएको थिएन, यसैवर्ष गत वर्ष र यस वर्ष घोषणा गरिएको सो मन्त्रालयका मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाका प्रमुख मिना पौडेलले जानकारी दिनुभयो ।

बाल दिवसको सन्दर्भमा विश्वास नेपाल अन्तरगत गठित आवाज बाल क्लव र एकता क्लवमा आवद्ध बालबालिकाबीच हाजिरी जवाफ, बालगीत, कविता र नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । बालबालिका स्वस्फुर्त रूपमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिन सफल बालबालिकालाई पुरस्कृत पनि गरिएको थियो ।

रेष्टुरेण्टका श्रमिकको हक, हितका लागि कार्यरत सो संस्थाको सातौं अधिवेशन तथा १४ औं साधारणसभाले सर्वसम्मतीबाट नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्ष तारा भण्डारी, उपाध्यक्ष सवि शाह, सचिव बबिता थापामगर, कोषाध्यक्ष कान्छीमाया तामाङ, र सदस्यहरूमा सविना पन्थ, सुनिता तामाङ र रितु मगर चयन हुनुभएको थियो ।

सो अवसरमा संस्थाको सल्लाहकारहरू बेनुमाया गुरूङ, विमल भेटवाल, उमा तामाङ, देवीप्रसादलगायत पाँचजना चयन हुनुभएको अध्यक्ष तारा भण्डारीले जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका

काठमाडौँ, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद

काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई

काठमाडौँ, ६ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालले महिला र युवतीहरूको अधिकार र मुद्दालाई सधैँ