हाम्रो नेताविरुद्ध घृणित कदम चाल्ने माओवादीले महँगो मूल्य चुकाउनुपर्छः अध्यक्ष पौडेल

काठमाडौँ, ३० भदौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमालेका नेता शंकर पोखरेल विरुद्ध माओवादी केन्द्रले खेलेको षड्यन्त्रमूलक घृणित कदमको महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।

हिजो माओवादीको षड्यन्त्रमूलक योजनामा नेता पोखरेलविरुद्ध विमला वली (खत्री)ले अपहरण तथा बन्धक बनाएको भनि उजुरी दिनुभएको थियो । एमालेको कोटाबाट नै सांसद बननुभएकी वलीले पछिल्लो समय माओवादीमा प्रवेश गरी एमाले विरुद्ध एक पछि अर्को गर्दै प्रहार गरिरहनुभएको एमालेका नेता तथा कार्यकर्ताहरुले आरोप लगाउने गरेका छन् ।

एक महिना अघिको घटनालाई सरकार र शक्तिको दुरुपयोग गर्दै माओवादीले विभिन्न वहाना, षड्यन्त्र तथा दाउपेचपूर्ण राजनीतिक सुत्र प्रयोग गरी निकृष्ट प्रपञ्च रचेको उल्लेख गर्दै अध्यक्ष पौडेलले उक्त कदममा संलग्न पर्दा पछाडी वा अगाडीका सवै तत्व र प्रवृक्तिका विरुद्ध शसक्त प्रतिवादमा उत्रन युवा संघका नेता तथा कार्यकर्ताको साथमा आम नेपाली जनतालाई अपिल समेत गर्नुभएको छ ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हाम्रो पार्टीका एक शसक्त एवं प्रभावशाली नेता, हाम्रो राजनीतिक विचारधारा र दृष्टीकोणका एक मुलबाहक क शंकर पोखरेल जस्को ओझिलो ब्यक्तित्व र तेजस्वी भविष्यबाट भयभित हुँदै नेकपा माओवादीको उहि षड्यन्त्र, दाउपेचपूर्ण राजनीतिको फर्मुला अनुरुप अर्को एउटा निकृष्ट प्रपन्च रचिएको छ । बास्तबिकतालाई तोडमोड गर्दै त्यो पनि एक महिना पछी आएर उजुरीको नौटंकी गर्नु सरासर लोकले नपचाउने नियोजित डिजाइन मात्र हो भन्ने कुरा सबैले बुझेकै छन् । पार्टीको ईमान्दार सिपांही भएको नाताले राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताहरु पार्टी निती र नेतृत्व माथी भैरहने यस्ता नियोजित हमलामा चुप लागेर बस्ने छैन, यस्ता घृणित कदममा संग्लग्न पर्दा अगाडी र पछाडिका सवै तत्व र प्रवृत्तिका बिरुद्द शसक्त प्रतिवादमा उत्रन अपिल गर्छौं । हाम्रा नेताहरु विरुद्धको यस्ता घृणित कदम चाल्ने जो कोहीलाई पनि यस्को मूल्य धेरै महँगो पर्ने चेतावनी दिन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक