१२ करोड पारिश्रमिक पाउनु महिला प्रतिको सम्मान हो: करिना

काठमाडौँ, २९ भदौ । नायिका करिना कपुरले अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’को लागि १२ करोड पारिश्रमिक माग गरेकी छीन ।

यो चलचित्र ‘रामायण’को कथामा केन्द्रित रहेर निर्माण हुँदैछ, जसमा करिनालाई सीताको भूमिकाका लागि अफर गरिएको छ ।


महंगो पारिश्रमिकबारे करिना भन्छिन्–‘केही बर्ष अगाडिसम्म पुरुष र महिला कलाकारविच पारिश्रमिकमा देखिएको भिन्नताको बिषयमा कसैले पनि आवाज उठाएको पाइदैनथ्यो । तर, अहिले परिस्थिती बदलिएको छ । यो बिषयमा बहस हुन थालेको छ । मैले मेकर्सलाई म के चाहन्छु भन्ने कुरा पहिले नै स्पष्ट पार्नुपर्ने हुन्छ । यो महिलाहरु प्रतिको सम्मानको बिषय पनि हो ।’

मिडियाका अनुसार, यो भूमिकाका लागि करिनाले ८ देखि १० महिना वर्कशप गर्नुपर्ने हुन्छ । यो करिनाको करिअरकै सबैभन्दा ठूलो चलचित्र रहने भारतीय मिडियाले उल्लेख गरेका छन् । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि बलिउड नायिकाहरु तापसी पन्नु, प्रियामणी लगायतले समर्थन समेत गरेका थिए । करिना चलचित्र ‘लाल सिंह चड्डा’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा उनी नायक आमिर खानसँग देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021