७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

खोटाङ, २१ भदौ । नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७८ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि सो वडाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले जानकारीदिए ।

सत्तरी वडामा सर्वसम्मत र आठमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । जिल्लामा छ हजार ८०० क्रियाशील सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, खोटेहाङ, साकेला र बराहपोखरी गाउँपालिकामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको हो ।

वडा अधिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानमा व्यवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लमजुङ, ४ माघ । लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021