विर्तामोडमा अटो चालकको हत्या

झापा, २० भदौ । झापाको विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । उनी अटो चालक हुन् ।

टाउको, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबाको हत्या गरेर भागेको प्रहरीसँग बताएका छन् ।

सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर उनको हत्या गरेको र त्यसपछि आफ्नो नौ वर्षीय छोरालाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी दिएकाले उनको खोजी भइरहेको प्रवक्ता थापाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४  माघ । सिभिल बैंकले आफ्ना सेयरधनीहरुलाई पाँच प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको एघारौं

काठमाडौँ, ४  माघ । आज बजारमा सुनको मूल्य मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी

काठमाडौँ, ४ माघ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई

काठमाडौँ, ३ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021