झापाका ५५ वडामा काङ्ग्रेसको सर्वसम्मत नेतृत्व चयन (सूचीसहित)

झापा, २० भदौ । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।

जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । मेचीनगर वडा नं. १० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रचार प्रमुख हुमागाईले बताए । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति छन्।

मेचीनगरका ८ , बुद्धशान्तिका ४ , विर्तामोडका ६, अर्जुनधाराका ५, कनकाईका ४ , झापा गाउँपालिकाका ७ , शिवसतासीको ३ , कमलको १, गौरादहको २ , गौरीगञ्जका २ , भद्रपुरका ३ , बाह्रदशीका ४  वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो । क्षेत्र नं–१ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४  माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण

काठमाडौँ, ४  माघ । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज

काठमाडौँ, ४ माघ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई

काठमाडौँ, ४ माघ । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ। सांस्कृतिक सम्पदासहितका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021