काठमाडौँ, १५ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५६४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ गरी ५६४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै उपत्यकामा ९०३८ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौँमा ५४९१, ललितपुरमा २१९६ र भक्तपुरमा १३५१ सक्रिय संक्रमित छन् ।