जयसिंह धामी बेपत्ता प्रकरण छानविन समितिको म्याद थप्ने सरकारको तयारी

काठमाडौँ, १५ भदौ । सरकारले तुइनबाट नदी तर्ने क्रममा महाकालीमा खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घट्नाको अध्ययन गर्न बनाएको समितिको म्याद फेरि थप्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसर समितिको म्याद मंगलबार सकिन लागेको भए पनि प्रतिवेदन बुझाउने टुंगो लागेको छैन । गत साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा काट्दा व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए । घटनाको अनुसन्धानका लागि सरकारले साउन १७ गते १० दिनमा प्रतिवेदन बुझाउन भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।

समिति हेलिकोप्टरमार्फत घटनास्थल पुगेको थियो । पीडितका परिवार, धामीसँग तुइन तरेका प्रत्यक्षदर्शीलगायतसँग टोलीले बयान समेत लिएको थियो । प्रतिवेदन लेखनकै लागि भन्दै पटक–पटक समितिको म्याद थपिए पनि प्रतिवेदन बुझाउनै ढिला गर्दा अनेक आशंका जन्मिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैन

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021