श्रीलङ्कन एअरको पहिलो उडान काठमाडौँ आइपुग्यो

काठमाडौँ, १५ भदौ । श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्स बिहान ९ बजेर ४० मिनेटमा १ सय ४० जना यात्रु लिएर काठमाडौँआइपुगेको छ ।

श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै आजदेखि श्रीलङ्का– काठमाडौँ सिधा उडान सुरु भएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाडौँ उडान भर्ने छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थपघट गर्ने तयारी छ ।

श्रीलङ्काको कुल जनसङ्ख्याको ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकमा श्रीलङ्का प्रमुख पाँच देशभित्र पर्छ । अहिले श्रीलङ्कन एअरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लमजुङ, ४ माघ । लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका

काठमाडौँ, ४ माघ । काठमाडौँका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021