आजको मौसम

काठमाडौँ, १३ भदौ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४  माघ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गरेको छ ।

काठमाडौँ, ४  माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण

काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको

काठमाडौँ, ४ माघ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021