कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

भेरी, १० भदौ । कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए ।

भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए । बुधबार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुशी भएका छन् । 

केन्द्रमा एक वर्षमा रु १० करोड बराबरको कारोबार हुने बताइएको छ । विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञानज्योति बिल्र्डस प्रालि काठमाडौँले निर्माणको जिम्मा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४  माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण

काठमाडौँ, ४  माघ । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज

काठमाडौँ, ४  माघ । आज बजारमा सुनको मूल्य मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी

काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021