थप २,४८२ जनामा कोरोना संक्रमण: १,७८१ जना संक्रमणमुक्त

काठमाडौँ, ९ भदौ । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ भने ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेका छन् । जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१० जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैन

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संविधानको धारा २८२ बमोजिम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021