एमाले स्थायी कमिटी बैठक सकियो (निर्णयसहित)

काठमाडौँ, ८ भदौ । आज बसेको नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ ।

उक्त बैठकले २०७५ जेठ २ मा जो जुन कमिटीमा क्रियाशील थियो सोही जिम्मेवारीमा रहन स्थायी कमिटी बैठकले निर्देशन दिएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, सबै तहका कमिटी र जनसंगठनका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने निर्णय भएको छ ।

उनले १० बुँदेलाई सन्दर्भ सामग्रीकारुपमा लिन पनि निर्देशन दिइएको जानकारी गराए । त्यस्तै बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ । बैठकले एमालेको विधान महाधिवेशन यही असार ४, ५ र ६ गते काठमाडौँमा गर्ने  निर्णय गरेको छ । 

साथै नेकपा एमालेले पार्टी विभाजन गरेर गएका नेता तथा कार्यकर्तालाई मूल घरमा फर्किन आग्रह गरेको छ । “एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित भएको छ । मूल घरमा फर्किनुहोस्,” प्रवक्ता प्रदीप ज्ञवालीले भने, “तपाईंहरुलाई पार्टीमा हार्दिक स्वागत गरिनेछ । कारबाही नहुने जानकारी गराउन चाहन्छौँ ।

आजको बैठकले माओावादीबाट एमालेमा आएका नेता तथा कार्यकर्ताहरुलाई नेकपाको एकता कार्यकालमा जुन जिम्मेवारी प्रदान गरिएको छ त्यही जिम्मेवारी दिने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको

काठमाडौँ, ४ माघ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई

काठमाडौँ, ४ माघ । सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय

काठमाडौँ, ४ माघ । लघुवित्त वित्तीय संस्थामा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021