पत्रकार भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

सुर्खेत, ८ भदौ । आफूलाई पत्रकार बताउँदै ठगी गरेको आरोपमा प्रहरीले सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विकलाई मंगलबार पक्राउ गरेको हो । आफ्नो कम्पनीमा शेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनाले अनलाइन न्युज पोर्टल ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन् ।

शाही उक्त अनलाइनको प्रकाशक र विक उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र

काठमाडौँ, १५ माघ । अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका

काठमाडौँ, १५ माघ । कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले

काठमाडौँ, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021