काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई निरन्तरता

काठमाडौँ, ८ भदौ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा ‘पर्ख र हेर’को अवस्थामा लम्बाइएको छ ।

आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यही भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । साथै, राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियम भने तत्कालका लागि हटाइएको 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पुरानै निषेधाज्ञालाई निरन्तरता दिइएको बताउदै उनले भने, ‘बेलुका ८ बजेपछि अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चल्न पाउने छैनन् । सबै किसिमका पसलहरु बेलुका ८ बजेअघि नै बन्द गर्नुपर्नेछ । पछिल्लो साताको संक्रमणदरको समीक्षा गर्दा स्थिर देखिएको छ ।’

उनका अनुसार यदि, बीचमा संक्रमण दर बढे आकस्मिक बैठक बसेर ‘मोडालिटी’ फेरबदल गर्न सकिनेछ । “निषेधाज्ञालाई कडा बनाउने स्थिति आइसकेको छैन । तर, स्वास्थ्य मापदण्ड, भौतिक दूरी पालनामा भने अनिवार्य ध्यान दिन जरुरी छ । संक्रमणको उच्च जोखिम कायमै छ । आम उपत्यकावासीको सहजीकरणलाई ध्यानमा राख्दै व्यवस्थापनतिर लागेका छौँ ।”

पछिल्लो साता थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021