रोकिरहेको ट्यांकरलाई ट्रकले ठक्कर दिँदा मृत्यु

सप्तरी, ८ भदौ । सप्तरीमा रोकिरहेको टयांकरलाई ट्रकले ठक्कर दिएर भएको दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृतक र घाइते एउटै परिवारका हुन् ।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सुरुङगा नगरपालिका-४ कदमाहामा रोकिरहेको को १ ख ६९५६ नम्बरको तेल टयांकरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका-४ बस्ने आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक ४५ वर्षीय चौधरी, उनकी ४० वर्षीया श्रीमती चन्द्रकाला र २३ बवर्षीय छोरा आशिष चौधरी घाईते भएका छन् । उनीहरुको लहानमा उपचार भइरहेको छ । ट्रक र ट्यांकर नियन्त्रणमा लिइएको तथा फरार भएका ट्यांकर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले पाँच दलीय गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन नगर्ने

अर्घाखाँची, १५ माघ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ गठबन्धनका दलहरुले एमालेसँग हार स्वीकार गरेको दावी गर्नुभएको छ ।

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै

काठमाडौँ, १५ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताउनुभएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021