अध्यक्ष ओली र एमालेको तेस्रो धार सहमति नजिक: स्थायी समिति बैठक बोलाइयो

काठमाडौँ, ७ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति नजिक पुगेका छन् ।

अध्यक्ष ओलीको निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।

ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भोलि बस्ने स्थायी समिति बैठकमार्फत कसरी अघि बढ्ने भन्ने रुपरेखा तयार गर्छ । आज भएको छलफलमा अध्यक्ष र महासचिव दुवैले १० बुँदेलाई कार्यान्वयन गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । सकारात्मक वातावरण बनेको छ ।’

एमाले एकताबद्ध १० बुदें कार्ययन्वन गर्दे सहमति गरेसँगै भोलि भाद्र ८ बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने बताइएको छ । जसमा तेस्रो धारमा रहेका एमालेका नेताहरु समेत सहभागि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021