पेट्रोलियम पदार्थ उत्खननमा चासो दिन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन् । उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतीमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उनले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह गरे । अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीलालगायतका क्षेत्रमा चीन सरकारसँग जिटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो ।

भेटमा अध्यक्ष ओलीले कर्णालीले दैलेखमा भएको पेट्रोल खानीको उत्खनन्, मुगुको रारा तालको प्रवद्र्धन, हुम्ला हुँदै मानसरोवर जाने मार्गको विकास, डोल्पा, मुगु र हुम्लामा पाइने जीवनबुटी (यार्सागुम्बा) लगायतका बहुमूल्य जडीबुटीको बुद्धिमतापूर्ण सङ्कलन र प्रशोधनको कामको थालनी भएमा सो प्रदेशको पहिचान नै बदलिने बताउनुभएको भेटमा सहभागी दैलेखका पत्रकार विष्णु शर्माले जानकारी दिए ।

कर्णाली प्रदेश स्रोतसाधनमा धनी भएकाले हावाबाट बिजुलीको उत्पादन, जडीबुटीको पहिचान र प्रशोधन पनि गर्न सकिए प्रदेशका साथै देशकै समृद्धि हुने भएकाले आफूहरुले राजनीतिक नेतृत्वलाई निरन्तर ध्यानाकर्षण गराउने सो प्रदेशका पत्रकार नवराज महताराले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021