रक्सी पसलबाट लागूऔषधसहित एक जना पक्राउ

सप्तरी, ६ भदौ । सप्तरीको एक रक्सी पसलबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट लागूऔषध बरामद भएपछि त्यसका सञ्चालक २८ वर्षीय जयराम यादवलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले पसलभित्र रहेको कालो रंगको ब्यागबाट ६१० थान निट्रोसन–१०, ३१० थान स्पास्मो–प्रोक्सिभोन, ८ थान सय एमएलको डाइलेक्स डीसी, सय एमएलको इसकुफ, एक थान सिरिन्ज बरामद गरेको छ । यस्तै, तीनवटा मोबाइल र १८ हजार ६७५ रुपैयाँ नगद समेत उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४  माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण

काठमाडौँ, ४  माघ । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज

काठमाडौँ, ४  माघ । आज बजारमा सुनको मूल्य मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी

काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021