पोषण राहत कार्यक्रमको सुरुआत

पाल्पा, ५ भदौ । तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम शुरुआत गरेको छ । विभिन्न संस्थाको साझेदारीमा चौधरी फान्डेसशनद्वारा प्रवद्र्धित बलियो नेपाल, पोषण अभियानको सहयोगमा नगरपालिकाले बालबालिकालाई पोषण राहत कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले प्रतिबालबालिका एक किलो मालदोजीङ्ग र २० प्याकेट लिटो वितरण गर्न लागेको हो । यो पोषणले बालबालिकाका निम्ति दुई महिनाको पोषणको माग पूरा गर्ने बलियो नेपालले जनाएको छ ।

नगरपालिकाभित्रका कोभिड–१९ महामारीका कारण छदेखि २३ महिनाका ८९९ बालबालिकालाई सुरक्षित राख्न पोषण राहत प्रदान गरिने भएको हो । कोभिड–१९ को महामारीले धेरै मानिस रोजगारी गुमेसँग जीविकोपार्जनमा समस्या देखिएको छ । आर्थिकरुपमा कमजोर परिवारका बालबालिका त्यसको ठूलो मारमा छन् । त्यस्ता परिवारका बालबालिका पोषिलो खानाका प्रकार खानबाट वञ्चित छन् । सो नगरपालिकाले त्यस्ता बालबालिकालाई लक्षित खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुआत गरेको हो ।

बलियो नेपालका कार्यक्रम व्यवस्थापक अभिषेक खड्काले लुम्बिनी प्रदेशका रुपन्देहीको देवदह नगरपालिका, नवलपरासीको सुनवल नगरपालिका र पालीनन्दन गाउँपालिका, प्युठानको औरावती र गौमुखी गाउँपालिका, पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गा नगरपालिका गरी स्थानीय तहका १० हजार बालबालिकालाई पोषण राहत कार्यक्रममार्फत सहयोग गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैन

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संविधानको धारा २८२ बमोजिम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021