‘मन पराँए, मायाँ लाएँ, मैले के विराएँ’ भन्दै कांग्रेस परित्याग गरी सिङ्गो गाउँ नै एमालेमा प्रवेश

खोटाङ, ५ भदौ । गीतको भाकालाई आफ्नो राजनीतिक जीवनमा व्यवहारीक रुपमा लागु गर्दै जिल्लाको फदी, शुक्रवारे केपीलासगढीबाट सयौं जनता कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको आतिथ्यतामा भएको एक कार्यक्रममा गाउँ पालिका कांग्रेसका सभापतिसहित १६८ जना एमालेमा प्रवेश गरेका हुन । एमाले प्रवेश गर्नेमा गाउँपालिकाका सपभापति, उपसभापति, वडाध्यक्षका उम्मेदवार, पार्टी कमिटीकका दुई जना सचिव, वडा कमिटीका दुई जना सचिव ‘मन पराँए, मायाँ लाएँ , मैले के बिराए’ भन्दै एमालेमा प्रवेश गरेका हुन् ।

विकास र समृद्धिको यात्रालाई नेपाली कांग्रेसले मुलुकको नेतृत्व गर्न सक्ने आरोप लगाउँदै उनिहरु एमालेमा प्रवेश गरेका हुन । एमालेको नीति र मुलुकको विकासका लागि लिएको जिम्मेवारीलाई सफल बनाउन लाग्ने प्रतिवद्धता जनाउँदै आगामी दिनमा एमालेको राजनीतिमा सकृय हुने घोषणा गर्दै एमालेमा प्रवेश गरे ।

नव प्रवेशीलाई खादा र अविरद्वारा स्वागत गर्दै सांसद भट्टराईले नव प्रवेशीले उचित समयमा उचित पार्टी छनौट गरेको उल्लेख गर्दै योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लमजुङ, ४ माघ । लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021