भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै

कञ्चनपुर, ३ भदौ । कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।

यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा। श्रेष्ठले भने, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हुँदैछ ।”

त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइलपालइनबाट पु¥याउने गरी काम भइरहेको छ । ‘युएनओपियस’ नामक संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ । “उक्त संस्थाले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको खबर आएको छ”, उनले भने, “अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ ।”

अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्यरुपमा चलिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ । स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट बिरामीको तथ्याङ्क जिल्लामा आउन बाँकी रहेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ भदौ । चीनको सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लुसियानमा

काठमाडौँ, ३० भदौ । हेइटीमा जुलाई पहिलो साता राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको हुनसक्ने विषयबारे भइरहेको अनुसन्धानकाबीच प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई

काबुल, २८ भदौ । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि विवादास्पद अफगानिस्तान र पाकिस्तान सीमामा फेरि द्वन्द्व सुरु भएको छ । पाकिस्तानको

एजेन्सी, २८ भदौ । इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021