बाढीले बगाएर एकजनाको मृत्यु

सल्यान, २४ साउन । सल्यानमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार छत्रेश्वरी गाउँपालिका–४, जुटढुंगा बस्ने ३२ वर्षीया डिल्ली ओलीका छोरा १२ वर्षीय ओमकार ओलीको गगनपानी खोला तर्ने क्रममा बगाएर शनिबार साँझ मृत्यु भएको हो ।

आमासँग वनमा गाईगोरु चराई घर फर्कँदै गर्दा गगनपानी खोला तर्ने क्रममा अविरल वर्षाको कारण बाढी आई बगाउँदा घटनास्थलदेखि २०० मिटर टाढा ओमकारको शव फेला परेको हो । यस्तै, खोलानजिकै बेहोस अवस्थामा रहेकी उनकी आमालाई इलाका प्रहरी कार्यालय लुहाम प्रहरीले उद्धार गरी उपचारको लागि स्वास्थ्यचौकी पठाएको र हाल अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय