म सबैको सल्लाहमा काम गर्छु: प्रधानमन्त्री देउवा

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालन गर्न आफ्नो नेतृत्वको सरकारले आफ्नो पार्टी तथा गठबन्धनसँग सल्लाह गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ नेपाली कांग्रेसका युवा नेताहरूले भेटवार्ताका क्रममा सभापति प्रधानमन्त्री देउवाले भदौमा पार्टीको महाधिवेशन नगर्दा उत्पन्न हुने परिस्थितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा कांग्रेसका नेता कार्यकर्ताको शिर झुक्ने गरेर कुनै पनि काम नगर्ने जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘म सबै साथीहरुसँग सल्लाह गरेरमात्रै निर्णय लिन्छु। केन्द्रीय समितिको बैठक पनि बोलाएको छु। त्योभन्दा अगाडि नै निर्वाचन आयोगसँग पनि तुरुन्तै छलफल गर्छु । कोभिड–१९ को महामारीसमेत झन् झन् बढिरहेको अवस्था रहेकाले सबै कुरालाई ध्यान राख्दै अघि बढ्नुपर्ने अवस्था रहेको छ । सोही अनुसार अगाडी बढ्नेछु ।’

कांग्रेसका केन्द्रीय सदस्य गगन थापासहितका नेताहरूले सरकार सञ्चालनका विषयमा कसरी जाने भनेर सुझाव दिएको युवा नेता थापाले बताउनुभयो । कोरोना महामारीका बेला यसको रोकथाम, उपचार, खोप दिने विषयमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने सुझाव नेताहरूले दिएका छन् ।

पार्टीको १४औँ महाधिवेशन गर्न कोरोना महामारीले चुनौती थपिएको भन्दै युवा नेताहरूले सभापति देउवासँग क्रियाशील सदस्यता वितरणको विवाद समाधान गर्न सुझाव दिएका छन् । उनीहरूले महाधिवेशन तोकिएको समयमा गर्न आग्रह गरेका छन् । महाधिवेशन गर्नका लागि कसरी र कुन मोडलमा जाने भन्ने विषयमा पनि विज्ञहरूसँग परामर्श गर्न देउवालाई युवा नेताहरूले सुझाव दिएका छन् । प्रधानमन्त्री देउवालाई भेट्न युवा नेता गगन थापा, सरिता प्रसाई, धनराज गुरुङ, जीवन परियार, कमला पन्त, रामकृष्ण यादव, बद्री पाण्डे, गुरुराज घिमिरे र चन्द्र भण्डारी बालुवाटार जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्