न्युनतम सेवा मापदण्ड कार्यक्रममा गुण्डू स्वास्थ्य चौकी सूर्यविनायकमा पहिलो भक्तपुरमा दोस्रो

भक्तपुर, २२ साउन । स्थानीय तहमा प्रवाह गरिने स्वास्थ्य सेवाको गुणस्तर मापन तथा सुधारका लागि निर्माण गरिएको न्युनतम सेवा मापदण्ड कार्यक्रममा गुण्डू स्वास्थ्य चौकी पहिलो भएको छ ।

न्युनतम सेवा मापदण्ड कार्यक्रममा अन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकाको संयुक्त टोलीले बिहिवार गरेको स्कोरिङगको आधारमा गुण्डु स्वास्थ्य चौकी सूर्यविनायक नगरपालिका कै पहिलो र भक्तपुर जिल्लाकै दोस्रो उत्कृष्ट संस्था बनेको हो । न्यूनत्तम सेवा मापदण्डका लागि ५० प्रतिशत अङ्क प्राप्त गर्नेलाई सेतो, ५० देखि ६९ लाई पहेलो, ७० देखि ८४ प्रतिशतलाई निलो र ८५ देखि १०० प्रतिशतलाई हरियो सिग्नल हुने गरी स्कोरिङ गरिएको थियो ।

सुशासन र व्यवस्थापन शिर्षकमा हरियो सिग्नल पाउनेमा सुशासनमा, संस्थागत व्यवस्थपन, मावन स्रोत व्यवस्थापन र विकास, आर्थिक व्यवस्थापन, मेडिकल रेकर्ड र सूचना व्यवस्थापन रहेको छ । अर्थात उक्त शिर्षकमा स्वास्थ्य चौकीले ८५ देखि १०० स्कोर प्राप्त गरेको छ । गुणस्तर व्यवस्थापनमा भने पहेलो सिग्नल प्राप्त गरेको छ ।

क्निकल सेवा व्यवस्थापन अन्गर्तत हरियो सिग्नल प्राप्त गर्नेमा वैरङ्ग सेवा (ओपिडी) खोप र बृद्धि मूल्याङ्न, परिवार नियोजन सेवा, एएनसी र पीएनसी सेवाहरु, ड्रेसिङ , प्रयोगशाला सेवा, इन्जेक्सन र दैनिक प्रक्रियाहरु रहेका छन् । त्यस्तै निलो सिग्नल प्राप्त गर्नेमा डट्स क्लिनिक रहेको छ । औषधी सेवामा पहेलो, बर्थिङ सेवामा सेतो सिग्नल प्राप्त गरेको सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी सहयोग व्यवस्थापनमा हरियो सिग्नल प्राप्त गर्नेमा उपकरण प्रशोधन र निर्मलीकरण, विद्युत तथा अन्य उर्जाको प्रणाली, पानीको स्रोत, स्वास्थ्य सेवाजन्य फोहोर व्यवस्थाप, यातायात साधन र सञ्चार भण्डार (मेडिकल उपकरण) रहेका छन् । निलो सिग्नल प्राप्त गर्नेमा लुगा धुने व्यवस्था, सरसफाइ र सुरक्षा र संरक्षणमा पहेलो सिग्नल प्राप्त गरेको गुण्डू स्वास्थ्य चौकीले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका मूल्याङ्कन टोली र नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा गुण्डू स्वास्थ्य चौकीका प्रमुख राजिव महतोले स्वास्थ्य चौकीलाई यस अवस्था सम्म पुर्याउन सहयोग गर्नुहुने यस वडाका वडा अध्यक्ष , ब्यवस्थापन समितिका पदाधिकारी, सरोकारवाला निकाय, सेवाग्राहीहरू लगायात स्वास्थ्य चौकीको सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा स्वास्थ्य चौकीबाट प्रदान गर्ने सबै सेवाहरुलाई थप प्राभावाकारी, गुणस्तरीय र ब्यवस्थित गर्दै जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्दै अमेरिकी सहायकमन्त्री नेपाल आउँदा

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021