विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुईजना पक्राउ

काठमाडौँ, २१ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रबाट ४७४ ग्राम अवैध सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र काठमाडौंको तिलगंगास्थित खोटाङ हलेसी गेस्टहाउसका सञ्चालक ४१ वर्षीय अम्बर चाम्लिङ रहेका छन् ।

जजिरा एयरलाइन्सको उडानद्वारा साउदी अरबबाट काठमाडौं आगमन भएका विभिन्न यात्रीहरुलाई भन्सार छली गर्न लगाई ल्याइएको सुनको बाला महतोको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य ३८ लाख ३८ हजार रुपैयाँ बराबर भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट

काठमाडौँ, ६ चैत । सुन तस्करी प्रकरणमा लामो समयदेखि उन्मुक्ति पाउँदै आएका पूर्वसभामुख, पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।  बिहान

काठमाडौँ, ५ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटलाई लगाउमा