काठमाडौँ, २१ साउन । काठमाडौँको बौद्ध टुसालमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएराती एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।