जनताले शेरबहादुर देउवालाई नेपाली राजनीतिको घृणित नेताको रुपमा लिन्छन्ः सांसद पहारी

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको रुपमा नेपाली जनताले लिने गरेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी र जिल्ला अध्यक्षहरुको जारी बैठकमा विशेष वक्ताको रुपमा बोल्दै पहारीले ओली सरकारले ल्याएको खोप देउवा सरकारले पारदर्शी रुपमा खोप वितरण गर्न नसकेको आरोप लगाए । नेपाली राजनीतिमा अहिले केपी ओलीविरुद्ध घेराबन्दी भएको र ओलीविरुद्धको घेराबन्दी भनेको विकास र निर्माणको घेराबन्दी भएको बताएका छन् ।

उनले एमालेको कुर्चीमा बस्ने र पार्टी बाहिरको नेताको चाकडी गर्ने, पार्टी हित विपरित काम गर्ने खालका दुर्गन्धित खेल भएको र एमाले बलियो बनाउने भन्ने नाममा पार्टी कमजोर गर्ने गतिविधिविरुद्ध राष्ट्रिय युवा संघले पार्टी कार्यकर्ता माझ बहश चलाउनुपर्ने सुझाव दिए । युवा संघको वर्तमान नेतृत्वको छोटो समयमा वृक्षारोपण जस्तो रचनात्मक काम, आदालतको असंवैधानिक कदमबिरुद्दको आन्दोलन, दश हजार युवाहरुको मार्चपास, बढी पीडितलाई राहत जस्तो कामले संघमा नेपाली युवाहरुको आकर्षण बढेको बताउँदै कास्कीमा ६ वटा वडाबाट मात्र सयौ युवाहरु तरुणदल र वाइसियलबाट राष्ट्रिय युवा संघमा प्रवेश गरेको बताए ।

वाईसीएलको ज्याजति र संबिधान कार्यन्यन गर्न मधेश जागरण अभियान संचालन गरेको राष्ट्रिय युवा संघप्रति पार्टीले मात्र होइन सिंगो मुलुकले आश गरेको बताउँदै भोलि पार्टी चलाउने पनि यिनै युवाहरुले भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मस्को, ५ चैत । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले

मस्को, ५ चैत । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै

एजेन्सी, ४ चैत । अमेरिकाका खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि जासुसी उपग्रहहरूको

नयाँ दिल्ली, ४ चैत । भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ ।